Thursday, May 21, 2026
Zenith Migration Education
Thursday, May 21, 2026

ब्ल्याकटाउनमा ‘एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस’को नयाँ शाखा विस्तार

Zenith Migration Education

सिड्नी— अस्ट्रेलियामा शिक्षा र आप्रवासन सेवामा क्रियाशील संस्था ‘एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस’ले ब्ल्याकटाउनमा आफ्नो नयाँ शाखाको उद्घाटन गरेको छ।सोमबार आयोजित एक विशेष कार्यक्रममा ८७औँ शाखाका रूपमा उक्त सेवा केन्द्रको औपचारिक शुभारम्भ गरिएको हो।

दुई दशकभन्दा लामो समयदेखि शिक्षा (education, visa) र आप्रवासन (migration) सेवामा सक्रिय यो संस्थाले अस्ट्रेलियाको विभिन्न स्थानमा आफ्ना शाखा विस्तार गर्दै आएको छ।

उद्घाटन समारोहमा (Australian Nepalese Journalists Association) का सल्लाहकार राजु मानन्धर, महासचिव गणेश भट्ट लगायत ANJA का अन्य सदस्यहरु, ANTA का अध्यक्ष रन्जित शाह  लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थी तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै ग्रेटर सिड्नीका अध्यक्ष विष्णु हमालले नयाँ शाखाको सफलताको शुभकामना व्यक्त गरे। ANJA का सल्लाहकार राजु मानन्धरले संस्थाको स्थायीत्वको कामना गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्नेछ भन्ने बिश्वास व्यक्त गर्दै शुभकामना दिएका थिए ।

नयाँ शाखाको उद्घाटन ‘एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस’का ग्लोबल निर्देसक बद्री अर्यालले गरेका थिय। कार्यक्रममा सो शाखाका बिइनेस म्यानेजर सरोज प्रकाश शर्मा र शाखाका ओपरेसन मेनेजर गरिमा वाग्लेले अन्य शाखा जस्तै सद्भाव र मायाको अपेक्षा गरिको बताय । 

उक्त कार्यक्रममा आयोजक संस्थाले सबै अतिथि तथा सहभागीप्रति आभार प्रकट गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु