Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

बीपी कोइराला युवा नेतृत्व बिकास मञ्चमा नयाँ नेतृत्व चयन

Zenith Migration Education

सिड्नी, अष्ट्रेलिया – नेपाली युवाहरूबीच नेतृत्व विकास र एकताको भावना प्रवर्द्धन गर्ने उद्देश्यले ‘बीपी कोइराला युवा नेतृत्व विकास मञ्च’ अष्ट्रेलियामा नयाँ नेतृत्वसहित अघि बढ्ने भएको छ। मञ्चको अध्यक्ष पदको जिम्मेवारी रमेश अधिकारीबाट सत्य प्रकाश कंडेललाई हस्तान्तरण गरिएको हो।

गत आइतबार म्यारिल्यण्ड अवस्थितएनआरएनएको कार्यलयमा सम्पन्न नेत्रित्व चैन कार्यक्रममा संस्थापक अध्यक्ष तथा एनआरएनए आईसीसीका ग्लोबल सदस्य रमेश अधिकारीले आफ्नो अध्यक्षता चितवन समाजका पूर्व अध्यक्ष सत्य प्रकाश कंडेललाई हस्तान्तरण गरे।

कार्यक्रममा एनआरएनए डिपुटी रिजनल कोअर्डिनेटर कोमलराज पाठक, एनआरएनए एनएसडब्लु समयोजक विनोद कुँवर, NAYA अध्यक्ष बिपीन थापा, पूर्व अध्यक्ष निजन चौलागाई,प्रकाश अर्याल, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एनआरएनए,केन्द्रीय सल्लाहकार दिनेशराज जोशी, कतारस्थित जनसम्पर्क समिति अध्यक्ष नरेश भट्ट लगायतको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा बोल्दै एनआरएनए अध्यक्ष अनिल पोखरेलले बीपी कोइरालालाई नेपाली समाजका लागि प्रेरणाका श्रोतका रूपमा स्मरण गरे। “बीपी कोइराला नेपाली कांग्रेसका मात्र होइन, सम्पूर्ण नेपाली समाजका लागि आदर्श नेता हुन्,” उनले भने, “उनका विचार र जीवनपद्धति अनुकरणीय छन्।”

नव–अध्यक्ष सत्य प्रकाश कंडेलले छिट्टै कार्यसमिति पुनर्गठन गर्ने र स्पष्ट कार्ययोजना सार्वजनिक गर्ने प्रतिबद्धता जनाए। “एकदेखि डेढ महिनाभित्र कार्यसमिति विस्तार गर्नेछौं,” उनले भने।

कार्यक्रमको समापनमा पूर्व अध्यक्ष रमेश अधिकारी र नव–अध्यक्ष कंडेलले संयुक्त रूपमा सबै अतिथि र शुभेच्छुकप्रति आभार प्रकट गर्दै मञ्चको सुदृढीकरणमा निरन्तर साथ–सहयोगको अपेक्षा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु