Friday, June 26, 2026
Zenith Migration Education
Friday, June 26, 2026

‘आनन्द कार्की सुमधुर साँझ’ सम्पन्न, गायकसँग झुमे अष्ट्रेलियाली नेपालीहरू

Zenith Migration Education

सिड्नी-संगित प्रेमी दर्शकहरूका लागि शनिबारको साँझ एक अविस्मरणीय अवसर बन्यो, जब चर्चित गायक आनन्द कार्की अष्ट्रेलियाको ग्रान्भिलस्थित ‘रातो घर’को मञ्चमा उत्रिए। ‘सुमधुर साँझ’ नाम दिइएको उक्त विशेष सांगीतिक कार्यक्रम ग्रान्भिल नेपाली कम्युनिटीको आयोजनामा, UKB ग्रुप्सको व्यवस्थापन तथा रञ्जु वाङ्ग्ले थापाको अगुवाइमा भव्य रूपमा सम्पन्न भयो।

कार्यक्रमको सञ्चालन  उषाकिरण पोखरेलले आकर्षक शैलीमा गर्दै दर्शकको ध्यान खिचेकी थिइन्।

गायक आनन्द कार्कीले ‘बादल बर्षा बिजुली’, ‘जनम जनम जिउला संगै’, ‘दुश्मन हेरेको हेरै’ लगायतका कालजयी तथा आधुनिक गीतहरू प्रस्तुत गर्दा दर्शकहरू भावविभोर बने। ‘रेलिमा रेलिमाई’ जस्ता गीतमा दर्शकहरू झुम्न थालेपछि हलमा उत्साह र उर्जा थपिएको थियो। उनलाई साथ दिएका थिए गायक विवेश मानन्धर र राम खातीवडा, भने समिर तामाङको नृत्य प्रस्तुति कार्यक्रमको आकर्षण बन्न पुग्यो।

कार्यक्रम छोटो तर सन्देशमूलक बनाइएको आयोजकहरूको भनाइ थियो। कार्यक्रममा विशेषतः समुदायमा योगदान दिएका अगुवा, कलाकार, खेलाडी तथा समाजसेवीहरूको सम्मान गरिएको थियो।

सम्मानित हुनेहरूमा कलाकार जेनीसा गौतम,एनएसडब्लु तायक्वान्दोका निर्देशक तथा प्रशिक्षक प्रकाश क्षेत्री, प्रशिक्षक प्रवीण थापा लगायत चार जना खेलाडीहरू थिए। उनीहरूलाई डा. घनश्याम चापागाईंको बाहुलीबाट प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमको अन्त्यतिर गायक आनन्द कार्कीलाई समाजसेवी रञ्जु वाङ्ग्ले थापाले सांगीतिक क्षेत्रमा पुर्‍याएको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै गायक कार्कीलाई सम्मान स्यावरूप मायांको चिनो प्रदान गरेकी थिईन।

कार्यक्रममा एनआरएन महिला मञ्चकी अध्यक्ष साङ्गिता चापाघाईं, नेपालिज हिन्दु सोसाइटीकी अध्यक्ष लक्ष्मी बास्तकोटी, ANTA अध्यक्ष रञ्जित शाह, अष्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोसिएसन (एन्जा)का अध्यक्ष कृष्ण तिवारी, ग्रान्भिल नेपाली कम्युनिटीका अध्यक्ष भिम बस्नेत साथै पुर्व अध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा वरिष्ठ पत्रकार हेमन्त काफ्लेले विशेष सम्बोधन गर्दै प्रवासी नेपालीहरूबीचको एकता, आत्मीयता र सांस्कृतिक जरा बलियो बनाउने यस्ता कार्यक्रममा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले कार्यक्रमलाई सफल बनाउने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु