Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

अष्ट्रेलियन ओपन कराते विजयी नेपाली खेलाडीहरू सिड्नीमा सम्मानित

Zenith Migration Education

सिड्नी–NAYA र ओबर्न नेपाली कम्युनिटीले संयुक्त रूपमा अष्ट्रेलियन ओपन कराते च्याम्पियनशिपमा स्वर्ण तथा कांस्य पदक जित्न सफल नेपाली खेलाडीहरू र प्रशिक्षकलाई एक विशेष सम्मान समारोहमार्फत सम्मान गरेको छ।

सिड्नीको ओबर्नस्थित चौतारी रेस्टुरेन्टमा शनिबार आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल उपस्थित थिए।

अतिथिहरूमध्ये नेपालबाट आएका नेपाल कराते महासंघका उपाध्यक्ष ओमकृष्ण पराजुली, NAYA का अध्यक्ष विपिन थापा, ओबर्न नेपाली कम्युनिटीका अध्यक्ष अरुण श्रेष्ठलगायतले विजेता खेलाडीहरूलाई शुभकामना दिएका थिए।

संस्थाका उपाध्यक्ष हेमन्त लामिछाने, अन्य युवा समाजसेवी राजु गिरी, पुकार पोखरेल तथा खेलप्रेमी युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्मानित हुनेहरूमा दशौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तथा हाल राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ, तेह्रौं सागमा दोहोरो स्वर्ण पदक जितेका प्रशिक्षक मानदे काजी श्रेष्ठ, अन्तर्राष्ट्रिय रेफ्री तारा गुरुङ श्रेष्ठ, १९औं एसियन गेम्सका रजत पदक विजेता तथा हालै सम्पन्न अष्ट्रेलियन ओपन कराते च्याम्पियनशिपमा स्वर्ण पदक जितेकी एरिका गुरुङ, साथै सन्तोष श्रेष्ठ, सबिना श्रेष्ठ, पुष्पका लामा, वर्षा बुढा मगर र सहायक प्रशिक्षक अनिर राणा रहेका छन्।

कार्यक्रममा बोल्दै NRNA अध्यक्ष अनिल पोखरेलले खेलले राष्ट्रिय पहिचान र कूटनीतिक सम्बन्ध विस्तारमा भूमिका खेल्ने उल्लेख गर्दै नेपाल सरकारलाई खेल क्षेत्रमा सहयोग बढाउन अपिल गरे। उनले भने, “नेपालमा खेलाडीहरूले आत्मबल, लगनशीलता र पैसनका भरमा इतिहास बनाएका छन्, तर आवश्यक सहयोगको खाँचो अझै देखिन्छ।”

स्वर्ण पदक विजेता एरिका गुरुङले सम्मान कार्यक्रममा सहभागी हुँदा आफू भावुक भएको बताउँदै भनिन्, “हामीले विदेशमा पनि अर्को परिवार पाएका छौं, र यस्तो सम्मानले आगामी प्रतियोगितामा अझ हौसला मिलेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु