Monday, April 20, 2026
Zenith Migration Education
Monday, April 20, 2026

२५ करोड बराबरको विदेशी मुद्रा लिएर कहाँ जाँदै थिए कुसाङ ?

Zenith Migration Education

ट्रकमा करिव २५ करोड बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकका ३९ वर्षीय कुसाङ लामा पक्राउ परेका छन् ।

सोमबार राती काठमाडौंको झोर क्षेत्रबाट २५ करोड बराबरको विदेशी मुद्रासहित उनलाई पक्राउ गरिएको हो ।

ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर रकम राखेका उनलाई केरुङतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार उनी यसअघि पनि सुन तस्करीमा समातिएका थिए ।

उनी ७ किलो सुन सहित कलंकीबाट समातिएका थिए । उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उनी २०७८ मा छुटेका थिए ।

उनको साथबाट डलर र युरो लगायत मुद्रा बरामद भएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु