Monday, April 20, 2026
Zenith Migration Education
Monday, April 20, 2026

सिड्नीमा ‘होली हंगामा’ कार्यक्रम भव्यताका साथ सम्पन्न

Zenith Migration Education

अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिल पार्कमा ‘होली हंगामा’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)ले शनिबार आयोजना गरेकाे हाेली हंगमामा हजाराैं नेपाली समुदायले एकआपसमा रंग लगाएर हाेली पर्व मनाएका हुन् ।

आयोजक एन्टाका अध्यक्ष रन्जीत शाहले संस्कृतिको जर्गेना गर्ने उद्देश्यले यस कार्यक्रमकाे आयोजना गरिएकाे बताउँदै होली तराईको मात्रै नभएएर सम्पुर्ण नेपालीको प्रेम र सदभाव साट्ने साझा पर्व बनेको जिकिर गरे । उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने “नेपालकाे महान् पर्व हाेली अष्टेलियामा पनि मनाउने अवसर पाउनु सम्पुर्ण नेपालीको लागि गर्वको कुरा हाे ।” उनले थपे “आजको हाेली हंगमामा हजारौं मानिसहरूको सहभागिताले नेपालको सांस्कृतिक पर्वप्रतिकाे सद्भाव दर्शाएको छ ।”

एन्टाका महासचिव विकास झाले उक्त हाेली कार्यक्रममा नेपाल तथा अस्ट्रेलियाका कलाकारहरूले विशेष साङ्गितिक प्रस्तुति दिएकाे जानकारी दिए ।
निशुल्क प्रवेश दिइएकाे उक्त कार्यक्रममा ह्वाइट स्पट ग्रुपको विशेष प्रस्तुति, सुदीन पोखरेल, सोभित बस्नेत, आरिफ रौफ, सुशान्त गौतम, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, समय ब्यान्ड, डीजे नटकेस, मानस राज, जेनिशा गौतमलगायत अस्ट्रेलियामै रहेका कलाकारहरुले साङ्गितिक प्रस्तुति दिएका थिए ।

साँझसम्म नै चलेकाे हाेली हंगमामा विभिन्न नेपाली खानाका परिकारहरुसमेत उपलब्ध गराइएकाे थियो ।

उक्त कार्यक्रमकाे अवसरमा निर्देशक साेभित बस्नेतको निर्देशनमा निर्माण हुँदै गरेकाे चलचित्र PR को ७० % छायंकन सकिएकाे जानकारी गराइएकाे थियो । बस्नेतका अनुसार PR का कलाकारहरूले सो चलिचित्रकै गितमा सामुहिक नृत्य गरेर गितसमेत सार्वजनिक गरिएकाे थियो ।

नेपालमा हुने ३० % छायंकन गर्न बाँकी रहेकाे जानकारी दिँदै निर्देशक बस्नेतले छिट्टै चलचित्र रिलिज गरिने जानकारी दिए ।

यस चलचित्रका निर्माता एन्टाका अध्यक्ष रन्जीत साह नै हुन् । यो चलचित्र नेपाली समुदायको लागि आफ्नो उपहार हो बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु