Friday, September 25, 2026
Zenith Migration Education
Friday, September 25, 2026

गौरीशंकर क्याम्पसको प्रमुखमा दीपक श्रेष्ठ नियुक्त

Zenith Migration Education

बारा। बाराको निजगढ नगरपालिका–९ स्थित गौरीशंकर क्याम्पसको नयाँ क्याम्पस प्रमुखमा दीपक श्रेष्ठ नियुक्त भएका छन्।

व्यवस्थापन समितिले श्रेष्ठलाई क्याम्पस प्रमुखको जिम्मेवारी प्रदान गरेको हो। व्यवस्थापन समितिका अध्यक्ष एकबहादुर श्रेष्ठले नवनियुक्त क्याम्पस प्रमुख दीपक श्रेष्ठलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

नवनियुक्त क्याम्पस प्रमुख श्रेष्ठ गौरीशंकर क्याम्पसको स्थापनाकालदेखि नै संस्थामा कार्यरत अनुभवी कर्मचारी हुन्। उनले क्याम्पसमा लेखा व्यवस्थापनका साथै प्राध्यापनको जिम्मेवारीसमेत सम्हाल्दै आएका थिए। लामो समयदेखिको अनुभव, संस्थाप्रतिको समर्पण र प्रशासनिक दक्षतालाई मध्यनजर गर्दै उनलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको जनाइएको छ।

श्रेष्ठ गौरीशंकर क्याम्पसका तेस्रो क्याम्पस प्रमुख हुन्। क्याम्पस स्थापना भएदेखि लामो समयसम्म रामप्रसाद गौतमले क्याम्पस प्रमुखको भूमिका निर्वाह गरेका थिए। त्यसपछि टिकाराम भट्टराईले क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेका थिए। भट्टराईपछि अब दीपक श्रेष्ठले क्याम्पसको नेतृत्व गर्ने भएका छन्।

नयाँ नेतृत्वसँगै क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, प्रशासनिक व्यवस्थापन सुदृढीकरण तथा समग्र संस्थागत विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

– सिमा ठकुरी, बारा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु