Thursday, September 3, 2026
Zenith Migration Education
Thursday, September 3, 2026

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय

Zenith Migration Education

मन्त्रिपरिषद् बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।

त्यस्तै बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

उनको अनुसार भूमिसम्बन्धी २१ औँ संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने निर्णय भएको छ ।

त्यस्तै सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्यहरू सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु