Tuesday, May 19, 2026
Zenith Migration Education
Tuesday, May 19, 2026

राष्ट्रपति ट्रम्प सहभागि कार्यक्रममा गोली चल्यो, आक्रमणकारी प्रहरीको नियन्त्रणमा

Zenith Migration Education

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनर समारोहमा शनिबार साँझ गोली चलेपछि ठूलो खैलाबैला मच्चिएको छ । वासिङ्टन हिल्टन होटलको लबीमा गोली चलेको आवाज आएलगत्तै सुरक्षा टोलीले राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई तुरुन्तै सुरक्षित स्थानमा पु¥याएका थिए ।

समारोह स्थलमा रहेका सञ्चारकर्मीका अनुसार सुरुमा भाँडाकुँडा फुटेको जस्तो ठूलो आवाज सुनिएको थियो, तर लगत्तै भागदौड मच्चिएपछि स्थिति गम्भीर भएको थाहा भयो । सुरक्षा एजेन्टहरूले लामा बन्दुकसहित स्टेज नियन्त्रणमा लिएका थिए भने क्याबिनेट सदस्यहरूलाई पनि सुरक्षित रूपमा बाहिर निकालिएको थियो ।

घटनापछि आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले गुप्तचर निकाय र सुरक्षाकर्मीहरूको वीरताको प्रशंसा गरेका छन् । उनले संदिग्ध आक्रमणकारी पक्राउ परिसकेको जानकारी दिएका छन् । अहिले सो क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु