सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा सम्बन्धी पुरानो निर्णय उल्ट्याएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त जग्गा पुनः प्रतिष्ठानकै प्रयोगमा रहने भएको छ।
यसअघि २०७५ भदौ १ गते बसेको मन्त्रिपरिषद् बैठकले ११४ रोपनी तीन आना क्षेत्रफलको उक्त जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय गरेको थियो। तर अहिले सरकारले सो निर्णय संशोधन गर्दै जग्गा पूर्ववत् रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो।



