Monday, September 7, 2026
Zenith Migration Education
Monday, September 7, 2026

काठमाडौंमा रातभर प्रहरीको सर्च अप्रेशन, गुण्डागर्दी गर्ने १९५ जना पक्राउ

Zenith Migration Education

काठमाडौंमा प्रहरीले गुण्डागर्दी, ठगी र बिचौलिया गतिविधिमा संलग्न व्यक्तिविरुद्ध रातभर विशेष सर्च अभियान सञ्चालन गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार राजधानीका विभिन्न स्थानमा गरिएको अप्रेसनका क्रममा १९५ जनालाई नियन्त्रणमा लिइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरू पक्राउ परेका प्रहरीले जनाएको छ।

मान्छे तान्ने गिरोह, पुराना गुण्डागर्दीमा जोडिएका व्यक्ति तथा बिचौलियामाथि केन्द्रित गरी कारबाही गरिएको र पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु