Sunday, May 31, 2026
Zenith Migration Education
Sunday, May 31, 2026

प्रधानमन्त्री कार्कीले छाडिन् सिंहदरबार

Zenith Migration Education

प्रधानमन्त्री सुशीला कार्की राजकीय जिम्मेवारीबाट अलग हुने तयारीमा रहेकी छन् । नयाँ सरकार गठन नहुँदै प्रधानमन्त्री कार्कीले राजकीय जिम्मेवारीबाट अलग हुने तयारी गरेकी हुन् ।

शुक्रवार प्रस्तावित प्रधानमन्त्री बालेन शाह प्रधानमन्त्री पदमा नियुक्ति हुनेछन् । उनको सोही दिन शपथ ग्रहण गर्ने तयारी गरिएको छ ।

नयाँ सरकार र नयाँ प्रधानमन्त्री नबन्दै अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले औपचारिक जिम्मेवारी छाडिसकेकी छन् । स्रोतका अनुसार प्रधानमन्त्री कार्की अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आउने छैनन् । स्रोतले दिएको जानकारी अनुसार कार्की सिंहदरबार स्थित कार्यालय गएकी छैनन् । कार्यालयमा रहेका उनका व्यक्तिगत सामग्रीसमेत सचिवालयका कर्मचारीहरूले व्यवस्थापन गरिसकेका छन् ।

यसैबीच बालुवाटार स्थित प्रधानमन्त्री निवासबाट कार्की परिवारले आफ्ना सम्पूर्ण सामान टोखा स्थित निजी निवासमा सारिसकेको छ ।

केही दिनयता टोखास्थित निवासमा सुरक्षाकर्मीका लागि आवश्यक संरचना तयार गर्ने कामसमेत भइरहेको जनाइएको छ ।

यसअघि पूर्वप्रधानन्यायाधीश रहेकी कार्की अब पूर्वप्रधानमन्त्रीको हैसियतमा रहने भएकाले उनको सुरक्षाका लागि अतिरिक्त व्यवस्था गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु