Tuesday, April 14, 2026
Zenith Migration Education
Tuesday, April 14, 2026

एनएसडब्लु करातेमा एभरेस्ट मार्शल आर्ट्स एकेडेमीको स्वर्णिम सफलता

Zenith Migration Education

सिड्नी — न्यू साउथ वेल्स अल स्टाइल कराते प्रतियोगिता २०२६ मा एभरेस्ट मार्शल आर्ट्स एकेडेमी ले पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पारेको छ। प्रतियोगितामा एकेडेमीले दुई स्वर्ण र एक रजत पदक जित्दै उल्लेखनीय उपलब्धि हासिल गरेको हो।

प्रतियोगितामा सहभागी १६ वटा क्लबमध्ये एभरेस्ट मार्शल आर्ट्स एकेडेमी टिम समग्र अंक तालिकामा ७औँ स्थान (सेभेन्थ र्‍याङ्किङ) मा रहन सफल भयो। पहिलो सहभागितामै शीर्ष सातभित्र स्थान बनाउन सफल हुनु एकेडेमीका लागि ठूलो उपलब्धि मानिएको छ।

एकेडेमीका मुख्य प्रशिक्षक मुकुन्द्र महर्जन ले मेन्स भेट्रान (३०–४० वर्ष) समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्न सफल भए। प्रतिस्पर्धाभर संयमित र रणनीतिक खेल प्रस्तुत गरेका उनले फाइनलमा प्रभावशाली जित दर्ता गरे।

त्यसैगरी, सिनियर महिला ७५ केजी तौल समूहमा एभरेस्ट एकेडेमीकी उपाध्यक्ष लक्ष्मी भट्ट ले उत्कृष्ट कौशल प्रदर्शन गर्दै अर्को स्वर्ण पदक एकेडेमीको नाममा थपिन्। निर्णायक क्षणमा आत्मविश्वासपूर्ण आक्रमण र सुदृढ डिफेन्स उनका जितका प्रमुख आधार बने।

उदीयमान खेलाडी आयत महर्जन ले ८–९ वर्ष उमेर समूहको जुनियर विधामा कडा प्रतिस्पर्धाबीच रजत पदक सुरक्षित गरिन्। सानै उमेरमा देखिएको प्राविधिक दक्षता र आत्मविश्वासले उनलाई भविष्यकी सम्भावनाशील च्याम्पियनका रूपमा उभ्याएको छ।

मुख्य प्रशिक्षक मुकुन्द्र महर्जनले यो उपलब्धिलाई खेलाडी तथा प्रशिक्षकहरूको निरन्तर अभ्यास, कडा परिश्रम र अनुशासनको प्रतिफल भएको बताए। “यो हाम्रो गौरवशाली यात्राको सुरुवात मात्र हो,” उनले प्रतिक्रिया दिए।

छोटो समयमै एनएसडब्लुमा सशक्त उपस्थिति बनाएको एभरेस्ट मार्शल आर्ट्स एकेडेमीले विदेशी भूमिमा पनि नेपाली मार्शल आर्ट्सको स्तर उच्च बन्दै गएको स्पष्ट संकेत दिएको छ। अन्तर्राष्ट्रिय अनुभव प्राप्त राष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरूको नेतृत्वमा एकेडेमीले दक्ष खेलाडी उत्पादन गर्दै आएको छ।

पहिलो सहभागितामै तीन पदक जित्दै १६ टोलीमध्ये ७औँ स्थान हासिल गर्नु नेपाली समुदायका लागि गर्वको विषय बनेको छ। आगामी दिनमा अझ ठूला लक्ष्यसहित एकेडेमी अघि बढ्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु