Wednesday, September 9, 2026
Zenith Migration Education
Wednesday, September 9, 2026

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अस्ट्रेलियाली राजदूत अर्न्स्टद्वारा ओहदाको प्रमाणपत्र पेश

Zenith Migration Education

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतल निवासमा आयोजित विशेष समारोहबीच नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमोन जर्ज अर्न्स्टबाट ओहदाको प्रमाणपत्र ग्रहण गरेका छन्।

राष्ट्रपति कार्यालय, शीतल निवासका अनुसार फागुन १२ (फेब्रुअरी २४, २०२६) मा सम्पन्न उक्त समारोहमा राजदूत अर्न्स्टले आफ्नो कार्यकाल औपचारिक रूपमा प्रारम्भ गर्दै राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका हुन्।

सो अवसरमा राष्ट्रपति पौडेलले नवनियुक्त राजदूत अर्न्स्टलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल–अस्ट्रेलिया द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन सहकार्यको अपेक्षा गरेका थिए। उनले दुई देशबीच शिक्षा, विकास सहयोग, व्यापार, लगानी तथा जनस्तरको सम्बन्धका क्षेत्रमा सहकार्य विस्तार हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा पारस्परिक हितका विषयमा थप प्रगति हुने विश्वास व्यक्त गरेका थिए।

नेपाल र अस्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै विभिन्न क्षेत्रमा सहकार्य बढ्दै आएको छ। विशेषगरी शैक्षिक आदान–प्रदान, विकास सहायता, पर्यटन तथा व्यापारिक सम्बन्धमा उल्लेखनीय विस्तार भएको छ। राजदूत अर्न्स्टको आगमनसँगै यी क्षेत्रमा सहकार्य अझ प्रगाढ हुने अपेक्षा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु