बारा, ११-फागुन सोमबार बारा क्षेत्र नम्बर ३ की एमाले उम्मेदवार ज्वालाकुमारी साहको जीतपुरसिमरा उपमहानगरपालिका
वडा नम्बर ११-१२मा सम्पन्न घरदैलो कार्यक्रममा उल्लेखनीय जनसहभागिता देखिएको छ।

टोल–टोलमा पुगेर मत माग्दै उनले स्थानीयसँग प्रत्यक्ष संवाद गरिन्। शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा खानेपानीका विषयमा नागरिकहरूले आफ्ना गुनासा राखेका थिए। साहले ती समस्याहरू समाधान गर्न प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिन्।

घरदैलो कार्यक्रममा एमालेका प्रदेश कमिटी सचिव मनोज पौडेल, प्रदेश माननीय रवीन्द्र दास श्रेष्ठ माननीय देवनारायण चौधरी, प्रदेश सदस्य किशोर शर्मा, जिल्ला अध्यक्ष अध्यानन्द पाण्डे, पूर्व जिल्ला अध्यक्ष विनोद साह, तथा जितपुरसिमरा नगर कमिटी सचिव रवीन्द्र राज भण्डारी लगायतका नेताहरूको सहभागिता रहेको थियो। नेताहरूले साहको उम्मेदवारीलाई सफल बनाउन एकताबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

निर्वाचन नजिकिँदै जाँदा बारा–३ मा उनको पक्षमा जनसमर्थन बढ्दो देखिएको छ।








