Wednesday, September 9, 2026
Zenith Migration Education
Wednesday, September 9, 2026

दक्षिण कोरियामा सैन्य हेलिकप्टर दुर्घटना

Zenith Migration Education

दक्षिण कोरिया । दक्षिण कोरियाको ग्योन्गी प्रान्तमा सोमबार एउटा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। योन्हाप समाचार एजेन्सीका अनुसार दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् र उनीहरूलाई मुटुको चाल बन्द भएको अवस्थामा अस्पतालमा भर्ना गरिएको छ।

राजधानी सोललाई घेरेको ग्याप्योङ काउन्टीमा स्थानीय समय अनुसार बिहान करिव ११ बजे उक्त हेलिकप्टर दुर्घटना भएको हो। उडान प्रशिक्षणका लागि उडेको यो हेलिकप्टर दक्षिण कोरियाली सेनाको एएच–वानएस कोब्रा मोडेलको थियो। समाचारअनुसार, यो हेलिकप्टर सेवाबाट अवकाश प्रक्रियामा रहेको थियो।

दुर्घटनाको समयमा कुनै विस्फोट वा आगलागी भएको छैन। अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु