Monday, April 20, 2026
Zenith Migration Education
Monday, April 20, 2026

ट्रम्पद्वारा इरानतर्फ अमेरिकी जलसेना परिचालनको घोषणा

Zenith Migration Education

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले इरानतर्फ एक विशाल जलसेना परिचालन गरेको बताउनुभएको छ । इरानमा जारी अशान्ति र उच्च तनावकाबीच ट्रम्पले यी फौजहरू प्रयोग नहुन पनि सक्ने सङ्केत गर्नुभएको छ ।

स्विट्जरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चबाट एयर फोर्स वनमा फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो टिप्पणी गर्नुभएको हो । सिप–ट्र्याकिङ डेटाका अनुसार युएसएस अब्राहम लिंकन र तीनवटा विनाशकारी युद्धपोतहरू एसियाबाट मध्यपूर्वतर्फ जाँदै गरेको देखिएको छ । साथै, युएसएस जर्ज एच डब्लु बुश पनि भर्जिनियाबाट आन्ध्र महासागर हुँदै युरोपका लागि प्रस्थान गरिसकेको छ ।

राष्ट्रपति ट्रम्पले इरानसँग व्यापार गर्ने मुलुकहरूमा २५ प्रतिशत भन्सार शुल्क चाँडै लागू हुने चेतावनी समेत दिनुभएको छ । कडा अभिव्यक्ति र शासन परिवर्तनको आह्वानका बाबजुद ट्रम्पले वार्ताका लागि आफू अझै खुला रहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु