Tuesday, July 28, 2026
Zenith Migration Education
Tuesday, July 28, 2026

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

Zenith Migration Education

काठमाडौँ । पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको संरक्षणमा जोड दिउका छन् ।

सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष गोविन्द वियोगीको २०औँ स्मृति दिवसका अवसरमा आज नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुइरेचौरमा आयोजित ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उनले २०७२ सालको संविधान समावेशी, समानुपातिक, धर्मनिरपेक्षतासहितका विशेषताले उत्कृष्ट संविधान बनेको बताए ।

उनले लोकतन्त्र पुनःस्थापनाका लागि गोविन्द वियोगीले निर्वाह गर्नुभएको भूमिकाको सराहना गर । साथै उनले सम्पादक समाज नेपाली समाजलाई उन्नतिको मार्गमा रुपान्तरण गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिए ।

फरक प्रसङ्गमा मुलुकको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिकामा रहेको नेपाली कांग्रेस आजको अवस्थामा आइपुग्नु दुःखद भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु