Wednesday, July 29, 2026
Zenith Migration Education
Wednesday, July 29, 2026

गगनलाई बधाइ दिँदै सुजताले भनिन्, ‘परिवर्तनलाई स्वीकार्नु होस्’

Zenith Migration Education

काठमाडौँ । नेपाली कांग्रेसको नेत्री सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाईं दिँदै परिवर्तनलाई स्वीकार्न नेताकार्यकर्तालाई अग्रह गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिडियो सन्देश मार्फत उनले परिवर्तनका पक्षमा उभिन सबैमा आग्रह गरेकी हुन् ।

‘अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हासेर खुसी भएर अङ्गालो मार्नु पर्दछ, नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन, नयाँ सभापति आउनु भएको छ, म बधाई दिन चाहन्छु ।’’ उनले भनेकी छन् ।

नेत्री कोइरालाले परिवर्तनलाई खुसी भएर स्वीकार्न र कानुनको व्यख्या धेरै नगर्न पनि नेताहरूलाई आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु