काठमाडौँ । काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । पाण्डेले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै माघ ४ गते (शनिबार)देखि लागू हुनेगरी पदबाट राजीनामा दिएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो कार्यअवधिमा महानगरमा शहरी सुशासन कायम गर्न तथा अतिक्रमिक जग्गा सरकारको स्वामित्वमा लिन महत्त्वपूर्ण उपलब्धी प्राप्त गरेको दाबी गरे ।
उनले काठमाडौँका सडकपेटी तथा अतिक्रमित सयौं विघा जग्गा सरकारको नाममा ल्याउन सफल भएको बताए । उनले माघ ४ गतेपछि आफ्नो अगामी यात्राबारे जानकारी गराउने बताए ।
सबैसँग सल्लाह गरेर नै अगाडि बढ्ने उनको भनाइ छ ।
उनले काठमाडौँ महानगरको सुधार र शहरी सुशासनका लागि सहयोग गर्ने सबैप्रति आभार पनि व्यक्त गरे ।



