Wednesday, July 29, 2026
Zenith Migration Education
Wednesday, July 29, 2026

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाभियानबीच ४ बुँदे सम्झौता, आन्दोलन स्थगित

Zenith Migration Education

काठमाडौँ। सरकार र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ बीच ४ बुँदे सम्झौता भएको छ । बिहीबार सिंहदरबारमा दुवै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै महाभियानले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ ।

सम्झौतामा सरकारी वार्ता टोलीका संयोजक एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र महाभियानका अध्यक्ष दुर्गा प्रसाद प्रसाईंले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताले लामो समयदेखि जारी सडक सङ्घर्षलाई संवादमार्फत टुंग्याएको सरकारी भनाइ छ ।

सम्झौताअनुसार महाभियानले उठाउँदै आएको हिन्दु अधिराज्य, राजसंस्था र संघीयता खारेजीजस्ता राजनीतिक मागका विषयमा छलफल गर्न सरकारले ‘संविधान संशोधन सुझाव आयोग’ गठन गर्ने भएको छ । आयोगले संवैधानिक तथा कानुनी सुधारका विषयमा अध्ययन गरी सरकारलाई सुझाव पेस गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु