Thursday, July 30, 2026
Zenith Migration Education
Thursday, July 30, 2026

‘संविधान र कानुनको परिधिमा रहेर आयोगले विश्लेषण गर्छ’

Zenith Migration Education

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले संविधान, ऐन, कानुनको परिधिमा रहेर आयोगले विश्लेषण गर्ने बताएका छन् ।

शुक्रबार बिहान निर्वाचन आयोग पुगेका नेपाली कांग्रेस शेरबहादुर पक्षका नेता तथा कार्यकर्तासँग कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सो कुरा बताएका हुन् ।

उनले भने, ‘‘निर्वाचन आयोगले संविधान, ऐन, कानुनको परिधिमा रहेर आयोगले विश्लेषण गर्छ । विधि र पद्धतिबाहिर गएर आयोगले निर्णय गर्दैन । निर्वाचन कार्यतालिका अनुसारका काममा तपाईँहरु सहभागी हुनुहुनेछ भन्ने आयोगको विश्वास छ ।’’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु