Tuesday, June 2, 2026
Zenith Migration Education
Tuesday, June 2, 2026

गायक प्रशान्त तामाङको निधन

Zenith Migration Education

काठमाडौँ । गायक प्रशान्त तामाङको निधन भएको छ । उनको आइतबार हृदयघातका कारण निधन भएको बताइएको छ ।

गायक प्रमोद खरेलले सामाजिक सञ्जाल फेसबुक गायक तामाङको निधन भएको लेखेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्न पर्‍यो । प्रिय प्रशान्त तामाङ हामीबिच रहनु भएन छ । उफ् ! वैकुण्ठ मा वास होस ।’

इन्डियन आइडल विजेता बनेपछि चर्चामा रहेका तामाङ पछिल्लो समय सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ अभिनयरत थिए । जसको डबिङ समेत बाँकी रहेको छ ।

तामाङले नेपाली फिल्म, ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायत नेपाली फिल्म अभिनय गरेका छन् । उनले थुप्रै चर्चित गीत दिएका छन् ।

भारतीय मूलका नेपालीभाषी गायक तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु