Tuesday, June 2, 2026
Zenith Migration Education
Tuesday, June 2, 2026

नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित

Zenith Migration Education

आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो ।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन बनाइन् । त्यसैगरी कविता कुँवरले अविजित २९ रन जोड्दा कप्तान इन्दु बर्माले २८ तथा कविता जोशीले २२ रन बनाइन् ।

स्कटल्यान्डका लागि डार्शी कार्टरले तीन विकेट लिइन् भने क्याथरिन ब्रिस, ओलिभिया बेल र चोल अबेलले समान एकरएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८३ रनको योगफल बनाएको थियो । उसका लागि क्याथरिन ब्रिसले २८ बलमा अविजित ६२ रन बनाइन् । त्यस्तै प्रियानाज चटर्जीले अविजित ४० रन बनाइन् ।

नेपालका लागि रुबिना क्षेत्री र कविता कुँवरले समान दुई÷दुई विकेट लिइन् भने रिया शर्मा र रचना चौधरीले समान एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु