Thursday, September 24, 2026
Zenith Migration Education
Thursday, September 24, 2026

सुधन गुरुङको योगदान देशले १०० वर्षसम्म पनि बिर्सने छैन : बालेन शाह

Zenith Migration Education

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफू, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र कुलमान घिसिङलाई एक गराउन महत्त्वपूर्ण भूमिका खेलको भन्दै सुधन गुरूङको प्रशंसा गरेका छन्। सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले सुधन गुरूङले निर्वाह गरेको भूमिका १०० वर्षसम्म देशले बिर्सना नसक्ने बताएका हुन्।

‘देश बनाउनु पर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छ? त्यो नै महत्वपूर्ण हुन्छ। बाबु सुधन गुरुङज्यूले, जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन। लभ यु, ब्रदर,’ उनले लेखेका छन्।

आइतबार बिहान रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेनबीच एकताको सहमति भएको थियो। त्यसको भोलिपल्ट रास्वपा सभापति लामिछाने र कुलमान घिसिङबीच पनि एकताको सहमति भएपछि यी सबै प्रक्रियाका लागि मेयर बालेनले जेनजी अगुवा सुधन गुरूङलाई धन्यवाद दिएका हुन्।

पुराना राजनीतिक दलहरूको शासकीय अव्यवस्थाविरुद्ध आ–आफ्नो क्षेत्रमा एक्लै आवाज उठाएर उदाएका तीन नयाँ राजनीतिक शक्तिबीच पार्टी एकता भएसँगै बालेनको यो स्टाटस सार्वजनिक भएको हो।

पुराना पार्टीहरूको बर्चस्व तोड्न छुट्टाछुट्टै चुनावमा भाग लिँदा अपेक्षित परिणाम नआउने निष्कर्षसहित यी तीन राजनीतिक शक्तिहरू एक ठाउँमा आएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु