Monday, August 24, 2026
Zenith Migration Education
Monday, August 24, 2026

राजदूत चित्रलेखा यादव पुस्तक विमोचनका लागि सिड्नीमा

Zenith Migration Education

सिड्नी — अष्ट्रेलियास्थित नेपालकी महामहिम राजदूत चित्रलेखा यादवको प्रमुख आतिथ्यतामा आज सिड्नीमा पुस्तक विमोचन कार्यक्रम हुँदैछ।

कार्यक्रम आज दिउँसो २ बजेपछि

ग्रान्ड प्यालेस फङ्सन सेन्टर, २१९ प्यारामाट्टा रोड, ओबर्न मा आयोजना गरिएको छ।

‘नेपाल र विश्वभरका गुरुङ समुदायको उत्थान: सफलताको उपाय’ नाम दिइएको पुस्तकका लेखक नन्द गुरुङ हुन्। कार्यक्रममा सिड्नीका नेपाली समुदायका अगुवा, अभियन्ता, व्यवसायी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।

एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष नन्द गुरुङका अनुसार, यो पुस्तक मेहनत, समर्पण र सफलताको यात्रामा आधारित एक प्रेरणादायी कृति हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु