Tuesday, July 28, 2026
Zenith Migration Education
Tuesday, July 28, 2026

ट्राफिक नियमको संदेश प्रसारका लागि नगर प्रहरी प्रमुख हाछेथुद्वारा ट्याटू पुर्न लेखन

Zenith Migration Education

काठमाडौं । ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले आफ्नो बायाँ हातमा खोपिएको ‘ट्राफिक नियम पालना गरौ’ भन्ने ट्याटू पुर्न लेखन गरेका छन् । 

जेनजी आन्दोलनपछि दिन प्रतिदिन सवारी दुर्घटना बढ्न थालेकोले भन्दै उनले ट्राफिक नियम पालना ट्राफिक प्रहरीको लागि नभइ आफ्नो लागि भएको महसुस गराउन ट्याटू पुर्न लेखन गरेको बताए । 

जेनजी आन्दोलनकाक्रममा ट्राफिक प्रहरी कार्यालयमा आगलागी गरेपछि ट्राफिक नियम पालना नगरे पनि हुन्छ भन्ने गलत सोचका कारण दिन प्रतिदिन सवारी दुर्घटना पर्न थालेको उनले भनाई छ ।  

२९ वर्ष ट्राफिक प्रहरीमा रहेर सेवा गरेका हाछेथु हाल ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुखको भूमिकामा छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जेनजीको आन्दोलनमा ट्राफिक प्रहरीको खाने, बस्ने ठाउँ र युनिफोर्म जलाइ ध्वस्त बनाइ दिए पछि अब ट्राफिक नियम पालना नगरे पनि हुन्छ भन्ने सोचमा परेको ब्यक्तिहरु दिन प्रतिदिन सवारी दुर्घटना पर्न थालेकोले “ट्राफिक नियम पालना“ ट्राफिक प्रहरीको लागि गर्ने होइन , आफुलाई हो भने कुरा महसुस हुन्दैछ !! 

मेरो हातमा कोरिएको अस्पष्ट हुन्दै  गएको अक्षर पुनः लेखन गरि स्पष्ट  पारिएको छ !!’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु