Wednesday, December 10, 2025
Zenith Migration Education
Wednesday, December 10, 2025

आज सरकार, दल र जेनजीबीच त्रिपक्षीय बैठक बस्दै

Zenith Migration Education

काठमाडौं । आज सरकार, दल र जेनजीबीच त्रिपक्षीय बैठक बस्ने भएको छ । बुधबार दिउँसो ४ बालुवाटारमा त्रिपक्षीय बैठक बस्न लागेको हो । 

निर्वाचनको वातावरण तयार गर्नेगरी बैठक बस्न लागेको प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए । 

बैठकमा सरकाका तर्फबाट प्रधानमन्त्री कार्की र मन्त्रीहरू, राजनीतिक दल र जेनजीका तर्फबाट ८–९ वटा समूहका अगुवा सहभागी हुनेछन्। 

सरकार र राजनीतिक दलबीच पटक पटक बैठक बसिरहेका छन् । यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु