Wednesday, December 10, 2025
Zenith Migration Education
Wednesday, December 10, 2025

ANTA को आयोजनामा सिड्नीमा छठपर्व भव्य तयारीसहित मनाइने

Zenith Migration Education

सिड्नी — Association of Nepal Terai in Australia (ANTA) को आयोजनामा सिड्नीमा छठपर्व २०२५ भव्य रूपमा मनाइने भएको छ। उक्त धार्मिक तथा सांस्कृतिक पर्व अक्टोबर २७ र २८ का दिन Angle Park, Chipping Norton (NSW 2170) मा आयोजना गरिनेछ।

ANTA का उपाध्यक्ष परमानन्द शाह का अनुसार, “प्रवासमा रहेपनि धर्म र संस्कृतिको निरन्तरता कायम राख्दै धार्मिक सद्भाव र एकताको सन्देश प्रवाह गर्ने यस पर्वलाई हामीले उत्तम अवसरका रूपमा लिएका छौं,” भन्दै उनले समान आस्थाका सबैलाई सहभागिताका लागि आमन्त्रण गरेका छन्।

त्यसैगरी, ANTA NSW का संयोजक राकेश साह ले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै भने, “छठ पर्वलाई उत्सवमय र सफल बनाउन सबैको सक्रिय सहभागिता र सहयोग अपेक्षा गरिएको छ।”

ANTA का अध्यक्ष, व्यवसायी तथा समाजसेवी रञ्जित शाह ले भने, “गत वर्षहरूझैं यसपालि पनि तोकिएको समय र स्थानमा छठ पर्व भव्य तयारीका साथ मनाइनेछ। समुदायका सबै सदस्यहरूलाई कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछौं,” भन्दै सबैलाई आमन्त्रण गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु