Friday, June 26, 2026
Zenith Migration Education
Friday, June 26, 2026

एनआरएनए एनएसडब्लूको नयाँ कार्यसमिति अभिमुखीकरण सत्र आइतबार

Zenith Migration Education

सिड्नी — एनआरएनए एनएसडब्लू को नव–निर्वाचित २०२५–२०२७ कार्यसमितिको अभिमुखीकरण सत्र (Induction Session) आगामी आइतबार, अक्टोबर १९ मा आयोजना हुने भएको छ।

एनआरएनए एनएसडब्लूकी संयोजक उषा किरण बारिया पोखरेलका अनुसार कार्यक्रम Merrylandsस्थित Suite 4, 8 McFarlane Street मा दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने छ।

उनका अनुसार, यो सत्रले नयाँ कार्यकालको सुरुआतसँगै एनआरएनए एनएसडब्लूको कार्यसमिति र सामुदायिक सल्लाहकारहरूलाई एकै स्थानमा ल्याउँदै सहकार्य सुदृढ गर्ने, अनुभव तथा सुझाव साटासाट गर्ने र एनएसडब्लूस्थित नेपाली समुदायका लागि एकीकृत दृष्टिकोण निर्माण गर्ने उद्देश्य लिएको छ।

संस्थाले कार्यक्रममा सहभागिता र मार्गदर्शनले नयाँ कार्ययात्रामा प्रेरणादायी ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु