Monday, July 27, 2026
Zenith Migration Education
Monday, July 27, 2026

प्रथम बकैया खुल्ला फुटबल प्रतियोगिता सुरु, आयोजक टिम बीको विजयी सुरुवात

Zenith Migration Education

मकवानपुर । बकैया गाउँपालिकामा पहिलो पटक आयोजना गरिएको ‘प्रथम बकैया खुल्ला फुटबल प्रतियोगिता’ मंगलबारदेखि सुरु भएको छ । बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

बागमती खेलकुद विकास समितिको आयोजनामा वडा नम्बर ३ स्थित बकैया खेलमैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बी टिमले वडा नम्बर ८ लाई टाइब्रेकरमा ४–१ गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो । निर्धारित समयमा खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेलका म्यान अफ द म्याच आयोजक टिमका गोलरक्षक तारा नेगी घोषित भए ।

प्रतियोगिता अन्तर्गत बुधबार तीन खेल सञ्चालन हुने कार्यक्रम छ । बिहानको पहिलो खेलमा एकता बैण्ड एफसी र बिग ब्वाइज एफसी, दिउँसो १ बजे जीवन ज्योति युवा क्लब र लेभल अप मकवानपुर, र दिउँसो ३ बजे आयोजक ए र बागमती गाउँपालिकाको टिम बीच प्रतिस्पर्धा हुनेछन् ।

प्रतियोगिताको फाइनल खेल कार्तिक २ गतेहुनेछ । विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ नगद पाउनेछन् ।

उद्घाटन समारोहमा बकैया–३ खेलकुद विकास समितिका अध्यक्ष कृष्ण बहादुर लोको सभाध्यक्षतामा प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी रहेका थिए । 

कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्त बहादुर खत्री, एन्फा केन्द्रीय सदस्य टिका लामा, बकैया खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङ, बकैया–३ का अध्यक्ष भुमलसिं घलान, वडा–८ का अध्यक्ष विष्णु नेगी लगायत स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा संघ–संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु