Wednesday, March 18, 2026
Zenith Migration Education
Wednesday, March 18, 2026

टी-२० विश्वकप छनोट : कतारविरूद्ध नेपालको रोमाञ्चक जित

Zenith Migration Education

ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारमाथि रोमाञ्चक जित हासिल गरेको छ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा कतार १९ ओभर ५ बलमै १४२ रनमा समेटिँदा नेपाल ५ रनले विजयी भयो।

नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । स्पिनर सन्दीप लामिछानेले ३.५ ओभरमा १८ रन खर्चेर ५ विकेट लिँदै जितमा महत्वपूर्ण भूमिका खेले।

यो खेलसँगै सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो २५०औं विकेट पूरा गरेका छन्। उनले कतारका ओपनर लियानागेलाई बोल्ड आउट गर्दै यो उपलब्धि हासिल गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु