Wednesday, September 16, 2026
Zenith Migration Education
Wednesday, September 16, 2026

लन्डनमा नेपालीले संचालन गरेको होली काउले जित्यो  ‘वेष्ट रेष्टुरेन्ट’को अवार्ड

Zenith Migration Education

काठमाडौं । बेलायतमा एक नेपाली व्यवसायीले संचालन गरेको फाइन डाइन रेष्टुरेन्टले ‘वेष्ट रेष्टुरेन्ट’ को अवार्ड जितेको छ।

झन्डै दुई दशकदेखि लन्डनमा स्वादिष्ट नेपाली तथा इन्डियन खानाका लागि चिनिएको ‘होली काउ’ ग्रुपद्वारा सञ्चाालित फाइन डाइन रेष्टुरेन्टले ‘वेष्ट रेष्टुरेन्ट’ को अवार्ड जितेको हो । 

आइतबार बेलुका रेडिङ शहरमा आयोजित ‘इंग्ल्याण्ड्स अवाड्र्स २०२५’ मा उक्त पुरस्कार घोषणा गरिएको थियो ।

मतदाताहरुले गरेको भोट, कम्पनीले तिरेको कर, कर्मचारी संख्या, समुदायमा योगदान लगायत आधारमा पुरष्कृत व्यवसायहरुको छनोट गरिएको आयोजकले बताए ।

‘कडा प्रतिस्पद्र्धाबीच यस्तो प्रतिष्ठित अवार्ड पाउँदा हामी अत्यन्तै खुशी छौं’, होली काउ ग्रुपका अध्यक्ष कुल आचार्यले भने । उनले उक्त प्रतिस्पर्धामा भोट गरेर सहयोग गर्ने सबै मित्र, शुभेच्छुक र सहयोगीहरुलाई धन्यवाद तथा आभार पनि व्यक्त गरे ।

सन् १९६५ मा उक्त अवार्डलाई क्विन्स अवाड्र्स फर इन्टरप्राइज भनिन्थ्यो भने सन् २०२२ देखि उक्त अवार्डको नामकरण किंग्स अवाड्र्स फर इन्टरप्राइज गरिएको छ।

झन्डै २० वर्ष पहिले स्थापना गरिएको होली काउ समूह अन्तर्गतका रेष्टुरेन्ट तथा टेक अवेहरुमा झन्डै १२० जना कर्मचारी कार्यरत छन्।

होली काउ समूह बेलायतमा राम्रो ब्रान्ड बनाएको रेस्टुरेन्टको रुपमा चिनिन्छ । उक्त रेस्टुरेन्टले छोटो समयमा बिश्वका खाना प्रेमीहरुको मन जित्न सफल भएको छ । उक्त रेष्टुरेन्ट संस्थापक आचार्य गैर आवासीय नेपाली संघ(एनआरएनए)का पूर्वअध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु