Wednesday, December 10, 2025
Zenith Migration Education
Wednesday, December 10, 2025

बारामा माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु, दश जना घाईते

Zenith Migration Education

बारा । बारामा छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

जिल्लाको सिम्रौनगढ नगरपालिका – ५ की ६५ वर्षीया शरदा देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

उनका अनुसार नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको माटोको ढिस्को खन्ने क्रममा बिहान उनीहरु पुरिएका हुन्। घटनामा अन्य १० जना सामान्य घाइते भएका छन् भने गम्भीर घाइतेहरूको नाम खुल्न बाँकी छ।

सबै घाइतेलाई उपचारका लागि प्रदेशिक अस्पताल कलैयामा भर्ना गरिएको प्रहरीले जनाएको छ। घटनापछि सशस्त्र प्रहरी र जनपथ प्रहरीले तत्काल उद्धारकार्य सञ्चालन गरी घाइतेहरूलाई अस्पताल पु¥याएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु