Sunday, May 31, 2026
Zenith Migration Education
Sunday, May 31, 2026

सिरहाबाट २२० किलो लागूऔषध गाँजा बरामद

Zenith Migration Education

सर्लाही । सशस्त्र प्रहरी बल गुल्म इनर्वा सिरहाले सिरहाको बलानखोला क्षेत्रबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।

गएराति जिल्लाको भागवनपुर गाउँपालिका – २ स्थित बलान खोलानजिक कासघारी क्षेत्रमा लुकाएर राखिएको अवस्थामा प्रहरीले करिब २ सय २० किलो गाँजा फेला पारेको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दराज राईको नेतृत्वमा खटिएको टोलीले खोजतलासका क्रममा नौवटा बोरामा लुकाइएको गाँजा बरामद गरेको बताइएको छ । 

बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु