Saturday, December 13, 2025
Zenith Migration Education
Saturday, December 13, 2025

सरकारले खोल्यो भिजिट भिसा प्रकरणको फाइल

Zenith Migration Education

सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणको फाइल खोलेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले अध्यागमन र भिजिट भिसाको छानबिन गर्न बनेको उच्चस्तरीय अध्ययन एवं छानबिन समिति २०८२ ले पेस गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

विगतदेखि देखिएको समस्या समाधान गर्न गठित समितिले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरिएको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।

‘अध्यागमन र भिजिट भिसाको सन्दर्भमा विगतदेखि देखिएको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति २०८२ ले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय भएको छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु