Wednesday, March 18, 2026
Zenith Migration Education
Wednesday, March 18, 2026

मेरो पासपोर्ट रोक्का गरेर वर्तमान सरकारले सडक तमासा देखायो : ओली

Zenith Migration Education

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीप्रति कडा आलोचना गरेका छन् ।

बिहीबार भक्तपुरमा एमालेले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले पूर्वप्रधानन्यायाधीस भइसकेको व्यक्ति कुनैपनि सरकारी पदमा बस्न नमिल्ने भएतापनि प्रधानमन्त्री बन्नकै लागि जेनजी आन्दोलनमा सहभागी हुन पुगेको आरोप लगाए ।

अहिले आफूलाई पक्राउ गर्नको लागि प्रधानमन्त्री कार्कीले रातभरी मिटिङ गरिरहेको उनको आरोप छ ।

उनले भने,‘उहाँलाई राम्रोसँग थाहा छ । नेपालको संविधानको व्याख्या गरेर आएको मान्छे हो । के के व्याख्या गर्नुभयो त्यो छाडौं । नेपालको संविधानले भन्छ,पूर्वप्रधानन्यायाधिस भइसकेको व्यक्ति कुनै पनि सरकारी पदमा बस्नै सक्दैन् तर उहाँ सुरीनु भयो । त्यो सुरीन २३ गते र २४ गते जेनजी भनेर सडकमा उत्रिनु भयो । यो निर्वाचन गराउने त राष्ट्रपतिले तोक्नुभएको हो । उहाँहरु अहिले राति राति ३ बजेसम्म मिटिङ गरेर कसरी ओलीलाई गिरफ्तार गर्न सकिन्छ, कसरी कांग्रेसका रमेश लेखकलाई गिरफ्तार गर्न सकिन्छ भनेर ।’

त्यस्तै अध्यक्ष ओलीले आफ्नो पासपोर्ट रोक्का गरेर वर्तमान सरकारले सडक तमासा देखाएको टिप्पणी गरे । वर्तमान सरकार नेपालीहरुको प्रतिनिधित्वमा नबनेको बताउँदै बाह्य प्रतिनिधित्व रहेको अशंका व्यक्त गरे ।

‘उहाँहरुले सबैभन्दा पहिला सडकमा तमासा देखाउनुभयो । त्यो तमासा केपी ओलीलगायत केही मानिसहरुको पासपोर्ट रोक्का गरेर यो हाहा–हुहुबाट बनेको सरकार भनेर संक्षेपमा मात्र भनेको छु । त्यसका व्याख्या अलि गरेको छैन्, समयमा गरौंला । यो कसैको प्रतिनिधिको सरकार होईन्, नेपालीको चाँही होइन् । अन्त कतैको भए थाहा छैन् । कसैले छानेको सरकार होइन् हो । खास उद्देश्यले काम गर्नुभएको छ पासपोर्ट रोक्का गर्ने,’उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु