Saturday, December 13, 2025
Zenith Migration Education
Saturday, December 13, 2025

नेपाली सेनाको सक्रियता : इलाममा दुई जनाको हेलिकप्टरबाट उद्धार

Zenith Migration Education

इलाम । बाढी पहिरोको जोखिम परेकाहरुलाई नेपाली सेनाले सक्रियतापूर्वक उद्धार गरेको छ । सेनाले आफ्नो हेलिकप्टरमार्फत इलामका विभिन्न ठाउँबाट पीडितहरुको उद्धार गरेको हो ।

माङसेबुङ गाउँपालिका वडा नं. १ पातीगाउँ, इलाम नगरपालिका–६ गुम्बाडाँडाँ र मानेभज्याङ्ग इलाकामा पहिरोले क्षति पु¥याएको हुंदा खोज तथा उद्धार कार्यको लागि अशोज १९ गते २१ नम्बर वाहिनी अड्डा र अन्तर्गतका युनिटहरुबाट खटिएको फौजले उद्धारमा सक्रियता देखाएको हो ।

सेनाले माङसेबुङ–१ पातीगाउँबाट गम्भिर घाइते दुई जना (पुरुष एक र गर्भवती महिला एक) लाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी थप उपचारको लागि धरान एवम इटहरी लगेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु