Thursday, May 7, 2026
Zenith Migration Education
Thursday, May 7, 2026

जेनजी आन्दोलनको असर पर्यटन क्षेत्रमा, खालि गुड्छन् पर्यटक बोक्ने बस

Zenith Migration Education

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.का अध्यक्ष एनकुमार साईले जेन-जी आन्दोलनले नेपालको पर्यटन क्षेत्रमा गम्भीर असर पारेको बताएका छन् । आन्तरिक र बाह्य दुवै पर्यटकको आवागमनमा कमी आउँदा यस क्षेत्रमा सुस्तता छाएको उनको भनाइ छ ।

साईका अनुसार जेन-जी आन्दोलनको त्रासका कारण आन्तरिक पर्यटकहरू घरबाहिर निस्कन डराइरहेका छन् । त्यस्तै, नेपालको वर्तमान परिस्थिति र भविष्यमा के हुन सक्छ भन्ने अनिश्चितताका कारण बाह्य पर्यटकहरूको आगमन पनि पातलिएको छ । ‘पर्यटन क्षेत्र जेन-जी आन्दोलनसँगै सुस्ताएको छ,’ उनले भने, ‘आन्दोलनअघि पृथ्वी राजमार्ग हुँदै दैनिक सयभन्दा बढी पर्यटक यात्रा गर्थे, तर अहिले त्यो संख्या निकै घटेको छ । जसका कारण पर्यटक बोक्ने बसहरूले काम पाउन सकेका छैनन् ।’

तिहारपछि अझ ठूलो आन्दोलन हुने हल्लाले पनि मानिसहरूलाई घरभित्रै बस्न बाध्य पारेको उनले बताए । ‘देशको स्थिति के हुन्छ भन्ने थाहा छैन । तिहारपछि ठूलै आन्दोलन हुन्छ भन्ने समाचारले गर्दा मान्छेहरू बाहिरबाट आउन रोकिएका छन्,’ साईले थपे, ‘बाटोमा प्रहरीहरू देखिएका छैनन् । आन्दोलनका कारण उनीहरू पनि तहसनहस भएका छन् । पहिलाको जस्तो सुरक्षा छैन ।’

यातायात व्यवसायीहरू यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउन सचेत रहेको उनले जानकारी दिए। चर्को भाडा नलिने र ओभरलोड नगर्ने ग्यारेन्टीसहित पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालन भइरहेको उनको दाबी छ । उनले यात्रुहरूलाई काउन्टरमा गएर मात्र टिकट काट्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु