Wednesday, March 18, 2026
Zenith Migration Education
Wednesday, March 18, 2026

जेनजीलाई मोहरा बनाएर मुलुक जलाइयो : सूर्य थापा

Zenith Migration Education

काठमाडौं । नेकपा (एमाले)का नेता सूर्य थापाले पार्टीभित्रको कथित पुनर्गठन र रूपान्तरणको नाममा मुलुकमा अराजकता फैलाउने प्रयास भएको आरोप लगाएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नेता थापाले जेनजीलाई मोहरा बनाएर देशमा आगजनी र अपमानजनक गतिविधि मच्चाइएको दाबी गरेका हुन् ।

उनले लेखेका छन्, ‘पार्टीमा कथित पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतका लागि रोइलो नगरौं! जेनजीलाई मोहरा बनाएर मच्चाइएको आगजनी र अपमान किमार्थ अनुकरणीय छैन ।’

थापाले यस्तो गतिविधि अनुकरणीय नभएको उल्लेख गर्दै नेतृत्वप्रति पनि अप्रत्यक्ष रूपमा असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु