Monday, August 24, 2026
Zenith Migration Education
Monday, August 24, 2026

पौडी टोली शुक्रबार भारत जाँदै 

Zenith Migration Education

काठमाडौं एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली भोली शुक्रबार भारतको अहमदाबाद जाने भएको छ ।

सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन महर्जन, अभिभ प्रधान, रेवन्तबहादुर श्रेष्ठ, जाडेन श्रेष्ठ, निर्णय थापा, अथर्व सिंह र वसिष्ठराज शाहीले प्रतिस्पर्धा गर्ने छन् । महिलामा आर्या महर्जन, टिशा महर्जन, अदिप्शा वैद्य, श्रेणु महर्जन र भैनवी श्रेष्ठले खेल्ने छन् ।

प्रशिक्षकमा शंकर कार्की, अफिसियलमा दीपक सागर सिंह महर्जन, नविना श्रेष्ठ, सुमन महर्जन र इन्द्रजित राजभण्डारी तथा निर्णायकमा विष्णु खड्का क्षेत्री र अनिश महर्जन रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले बुधबार एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु