Sunday, May 31, 2026
Zenith Migration Education
Sunday, May 31, 2026

डा.रेग्मीको‘मुटुका कुरा’सार्वजनिक हुँदै, सबैका लागि उपयोगी हुने दाबी

Zenith Migration Education

काठमाडौं । मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीको ‘मुटुका कुरा’नामक नयाँ पुस्तक आज सार्वजनिक हुँदैछ । 

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले आफ्नो १३ औं पुस्तकका रुपमा ‘मुटुका कुरा’नामक पुस्तक आज एक समारोहकाबीच सार्वजनिक गर्न लागिएको जानकारी दिएका हुन् । 

त्यस्तै उनको अनुसार पुस्तकमा ६१ वटा निवन्धहरु समावेश गरिएको छ जसले मुटुको विषयमा मानिसले राख्ने जिज्ञासा र सोधिने प्रश्नको उत्तर दिने जमर्को गरेको छ । यति मात्र​होइन समग्र स्वास्थ्यलाई राम्रो राख्न ,खुसी र सुखी हुनको लागि चाहिने विषयबस्तु समेत पुस्तकमा समावेश छ । 

‘मेरो १३ औं पुस्तक विमोचन हुँदैछ । यसमा मैले मुटुका बारेमा धेरै कुराहरु लेखेको छु । ६१ वटा निबन्धहरु छन् । ६१ वटा निवन्धहरुबाट मानिसहरुलाई मुटुको बारे जिज्ञासा, मुटु रोगीहरुले सोध्ने प्रश्नहरु र मानिसलाई मुटु स्वस्थ राख्नको लागि साथै समग्र स्वास्थ्यलाई राम्रो राख्न ,खुसी र सुखी हुनको लागि के चाहिने रहेछ भन्ने कुर पुस्तकमा समेटेको छु,’उनले भने । 

डा. रेग्मी पुस्तकमा मुटु कहाँ छ ? महिला र पुरुषको मुटुमा भिन्नता छ कि छैन् ? मुटुका रोगका लक्ष्यणहरु जस्ता व्यवहारिक कुराहरु पनि पुस्तक मार्फत जानकारी दिन कोशिस गरेको बताउँछन् । 

‘यसमा एकदमै व्यवहारिक कुराहरु पनि छन् । जस्तै मुटु कहाँ छ देखि लिएर महिला र पुरुषको मुटुमा भिन्नता छ । यस बारेमा कुरा गरेको छु । मुटुका रोगका लक्षणहरुको कुरा गरेको छु । मुटु फेल हुने कारणहरु समावेश गरेको छु, ’उनले भने 

औषधि सेवन गर्दाका फाइदा र बेफाइदाका कुराहरुपनि पुस्तकमा समावेश भएको उनले सुनाए । 

‘कतिपय मान्छेहरु रक्सी खानुहुन्छ र सँगै औषधि पनि खानुहुन्छ । अब औषधि र रक्सीका बारेमा वा चुरोटका बारेदेखि आध्यात्मिक चिन्तन, योगले  मुटुलाई कस्तो असर गर्छसम्म कुराहरु समावेश छन्,’ उनले जानकारी दिंदै भने । 

मानिसलाई  दैनिक जीवनमा चाहिने  कुराहरु मुटुका कुरा पुस्तकमा समावेश गरिएको हुनाले सबैको लागि पढ्न उपयोगी हुने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु