विराटनगर । अर्थमन्त्री रामेश्वर खनाल बुधबार कोशी प्रदेशकोराजधानी विराटनगर आइपुगेका छन् ।
दिउँसो विराटनगर विमानस्थलमा अवतरण गरेका मन्त्री खनाललेभिआइपी कक्षको प्रयोग नगरी सामान्य यात्रु जस्तै लाइनबाटबाहिरिए । विमानस्थलबाट बाहिरिने क्रममा पनि उनले भिआइपीसवारीको सट्टा साधारण निजी गाडी प्रयोग गरे ।
विमानस्थलमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्षराजेन्द्र राउत, मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष नवीनरिजाललगायत उद्योगी–व्यवसायीले मन्त्री खनाललाई स्वागत गरेकाथिए ।
खनालले जेनजी आन्दोलनका क्रममा आगजनी भएको आन्तरिकराजस्व कार्यालय विराटनगरको भवन निरीक्षण गरे । त्यसक्रममासञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रदेश संरचना खारेज हुनेसम्भावना नरहेको स्पष्ट पारे । “अहिलको सरकार संविधानसम्मतगठन भएकोले तत्काल प्रदेश खारेज गर्ने विषय प्राथमिकतामा छैन,”उनले भनेका छन् ।
उनले अर्थ मन्त्रालयले जारी गरेको निर्देशिका कार्यान्वयनमा जानेसमेत बताएका छन् ।
साथै, पछिल्ला दिनमा फैलिएको नोटबन्दीको हल्लाबारे पनि मन्त्रीखनालले स्पष्ट पार्दै भने, ‘कुनै पनि नोटबन्दी गर्ने विषयमा अहिलेसम्मछलफल भएको छैन । नेपाली रुपैयाँ ५०० र १००० को नोट प्रतिबन्धलगाउनेबारे पनि कुनै छलफल छैन ।’
उनले २३ भदौमा सुनसरीको इटहरीमा जेनजी आन्दोलनका क्रममागोली लागेर गम्भीर घाइते भएका मोरङको बुढीगंगा–७ का सान्तनुढकाललाई पनि मन्त्री खनालले विराट मेडिकल कलेज टिचिङहस्पिटल, बुढीगंगा–२ पुगेर भेट समेत गरेका छन् । उनले ढकालकोस्वास्थ्य अवस्थाबारे जानकारी लिएर शीघ्र स्वास्थ्य लाभकोशुभकामना व्यक्त गरेका छन् ।
अस्पतालले ढकाललाई निःशुल्क उपचार प्रदान भइरहेको जनाएकोछ । खनालले घटनाको गहिरो अनुसन्धान भइरहेको पनि बताएकाछन् । खनाल विराटनगरका उद्योगी व्यवसायीसंग समेतअन्तरक्रियामा सहभागि हुने जनाइएको छ ।



