Friday, December 12, 2025
Zenith Migration Education
Friday, December 12, 2025

शिक्षामन्त्री पुनले भने- म मन्त्रालयमा टीम बनाउन व्यस्त छु, केही दिन फोन म्यासेज नगर्नु होला

Zenith Migration Education

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले केही दिन फोन नगर्न र म्यासेज नपठाउन अनुरोध गरेका छन् ।

मन्त्री पुनले आफू मन्त्रीमा नियुक्त भएपछि हजारौँ फोन र म्यासेज आइरहेको उल्लेख गरेका छन् ।

उनले सामाजिक संञ्जाल फेसबुकमा लेखेका छन्, ‘अस्तिदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौं कल र मेसेज आइरहेका छन् । म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टीम बनाउन व्यस्त छु । त्यसैले केही दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला ।’

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका थिए । उनको माग अनुसार उनलाई मन्त्रालयभित्रै खाने–बस्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु