Tuesday, May 26, 2026
Zenith Migration Education
Tuesday, May 26, 2026

यस्तो छ, आज तरकारी र फलफूलको मूल्य 

Zenith Migration Education

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) न्यूनतम मूल्य प्रतिकिलो ६५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४७, आलु रातो प्रतिकिलो ५०, आलु रातो (भारतीय) प्रतिकिलो ३३, आलु रातो (मुडे) प्रतिकिलो ४४, प्याज सुकेको भारतीय प्रतिकिलो ३४, गाजर (लोकल) प्रतिकिलो ११०, गाजर (तराई) प्रतिकिलो १००, लोकल बन्दा प्रतिकिलो ४०, काउली स्थानीय प्रतिकिलो ५०, रातो मूला प्रतिकेजी ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३५, भन्टा लाम्चो प्रतिकिलो १५, भन्टा डल्लो प्रतिकिलो ३०, तने बोडी प्रतिकिलो ११५, मकै बोडी प्रतिकिलो १०० कायम भएको छ ।

त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ११०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ११०, टाटे सिमी प्रतिकिलो ८०, भटमास कोसा प्रतिकिलो ७०, तीतो करेला प्रतिकिलो ५०, लौका प्रतिकिलो ५०, परबर (लोकल) प्रतिकिलो ६०, परबर (तराई) प्रतिकिलो ६०, चिचिण्डो प्रतिकिलो २०, घिरौँला प्रतिकिलो ७०, झिगुनी प्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो २५, सलगम प्रतिकिलो ७०, भिण्डी प्रतिकिलो ९० कायम गरिएको छ ।

त्यसैगरी, पिँडालु प्रतिकिलो ७५, स्कूस प्रतिकिलो १०, रायोसाग प्रतिकिलो ७५, पालुङ्गो साग प्रतिकिलो ९०, तोरीको साग प्रतिकिलो ७०, हरियो प्याज प्रतिकिलो ५०, च्याउ (कन्य) प्रतिकिलो १५०, च्याउ (डल्ले) प्रतिकिलो ३००, कुरिलो प्रतिकिलो ३५०, निगुरो प्रतिकिलो ७० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो १४०, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकिलो २००, रातो बन्दा प्रतिकिलो १७०, जिरीको साग प्रतिकिलो ९०, सेलरी प्रतिकिलो २५०, पार्सले प्रतिकिलो ८००, पुदिना प्रतिकिलो ७००, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १३० र गुन्द्रुक प्रतिकिलो २५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २००, स्याउ (फुजी) प्रतिकिलो २५०, केरा (दर्जन) १३०, कागती प्रतिकिलो १३०, अनार प्रतिकिलो ३००, तरबुजा हरियो प्रतिकिलो ५५, मौसम प्रतिकिलो १४०, जुनार प्रतिकिलो २३०, भुइँकटहर प्रतिगोटा १४५, काँक्रो (लोकल) प्रतिकिलो ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३५, नास्पाती (लोकल) प्रतिकिलो ७०, नास्पाती (चाइनिज) प्रतिकिलो २२०, मेवा (नेपाली) प्रतिकिलो ५०, मेवा (भारतीय) प्रतिकिलो ९०, अम्बा प्रतिकिलो ६० र लप्सी प्रतिकिलो ४०, किबी प्रतिकिलो २५०, सरिफा प्रतिकिलो १०० र आभोकाडो प्रतिकिलो २५० निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु