Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

प्रधानमन्त्री मोदीसँग आज टेलिफोन संवाद गर्दै प्रधानमन्त्री कार्की

Zenith Migration Education

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज टेलिफोन संवाद हुने भएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज उनीहरूबीच टेलिफोन संवाद हुने भएको हो ।

यसअघि बुधबार नै मोदीसँग कार्कीको टेलिफोन संवाद हुने भनिएको थियो । ‘प्रधानमन्त्री ज्यूले मंगलबारको क्याबिनेट बैठकमा भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन कुराकानी गर्ने भन्नु भएको थियो’, गृहमन्त्री ओमप्रकाश अर्यालले भने, ‘बुधबार किन स्थगित भयो थाहा हुन सकेन ।’

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग सिंहदरबारमा भेटेर मोदीको सन्देश सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु