Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

आमनिर्वाचनको आन्तरिक तयारीमा आयोग, तर प्रमुखसहित दुई आयुक्त पद रिक्त

Zenith Migration Education

निर्वाचन आयोग आमनिर्वाचनको आन्तरिक तयारीमा जुटेको छ। आयोगले केही दिनभित्रै प्रधानमन्त्रीसँग थप छलफल गर्ने गरी तयारी तीव्र पारेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मिति तोकिएपछि निर्वाचनका लागि आवश्यक आन्तरिक तयारीमा जुटेको जानकारी दिए। ‘जनशक्ति व्यवस्थापन, स्रोत साधन र बजेटलगायतका विषयमा गृहकार्य गरेर प्रधानमन्त्रीसँग भेट्ने तयारी छ’, उनले भने।

पाँच जना आयुक्त रहनुपर्ने आयोगमा हाल प्रमुखसहित दुई आयुक्त पद रिक्त छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले स्रोत साधन उपलब्ध गराइए तोकिएको मितिमा निर्वाचन गराउन आयोग सक्षम रहेको बताए।

राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते शुक्रबार प्रधानमन्त्रीको सिफारिसमा आगामी फागुन २१ गते हुनेगरी प्रतिनिधिसभाको निर्वाचन मिति तोकेका थिए।

संवैधानिक कानूनका ज्ञाताहरू भने निर्वाचन र दलसँग सम्बन्धित कानून संशोधन गरी निर्वाचन गर्नुपर्ने अवस्था रहेको बताउँछन्। अघिल्ला निर्वाचनमा खर्चको बेथिति, दलभित्रको आन्तरिक लोकतन्त्र, दलको आयको स्रोत र खर्चमा पारदर्शितालगायतका विषय संशोधन गर्नुपर्ने अवस्था छ। यसका लागि अध्यादेश ल्याउने सुविधा सरकारसँग छ। संशोधित कानूनलाई पछि निर्वाचित सरकारले अनुमोदन गर्ने गरी सुधारको काम थाल्नुपर्ने उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु