मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र आसपासमा रहेका सरकारी निकायमा भएको आगजनीबाट एक हजारभन्दा बढी सवारीसाधन जलेर नष्ट भएका छन् । जेनजी समूहले गरेको आन्दोलनका क्रममा गत मङ्गलबार भएको आगजनीबाट ४४१ वटा चारपाङ्ग्रे तथा ६०१ वटा दुईपाङ्ग्रे गरी एक हजार ४२ वटा सवारीसाधन नष्ट भएका हुन् ।
यो तथ्याङ्क त्यस क्षेत्रका सबै सरकारी निकायको होइन । सम्बन्धित सरकारी निकायले निकालेको प्रारम्भिक अनुमान र गोरखापत्रले गरेको स्थलगत अवलोकनका आधारमा यो प्रारम्भिक सङ्ख्या निकालिएको हो ।
यसभन्दा पनि बढी क्षतिको अनुमान छ । तोडफोड मात्र भएका सवारीसाधन यसमा परेका छैनन् । सबैको आर्थिक मूल्य निकाल्न निकै समय लाग्ने छ ।



