Monday, August 24, 2026
Zenith Migration Education
Monday, August 24, 2026

बालबालिकामाथि हुने हिंसाको अन्त्य गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

Zenith Migration Education

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय बाल दिवस, २०८२ का अवसरमा शुभकामना दिँदै बालबालिकामाथि हुने हिंसा, शोषण, विभेद र दुरुपयोगको अन्त्य गर्दै उनीहरूको क्षमता तथा सिर्जनशीलतालाई प्रोत्साहन गर्नु साझा कर्तव्य भएको बताएकी छन् ।

“बालबालिकाहरू केबल भविष्यका कर्णाधार मात्र होइनन्, उनीहरू सभ्य र समुन्नत समाज तथा समृद्ध नेपालको आधारशिला पनि हुन्, उनीहरूलाई परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार तथा अनुशासित नागरिक बनाउन, उचित शिक्षा र सकारात्मक वातावरण प्रदान गर्नु अत्यावश्यक छ ।” उनीहरूको शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा र प्रतिभा विकासमा गरिएको लगानी नै दिगो तथा सुनिश्चित भविष्य निर्माणको बलियो जग बन्ने उनको भनाइ छ ।

चिनियाँ दार्शनिक कन्फ्युसिएसको यो भनाइ स्मरण गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “यदि तपाईंको योजना एक वर्षका लागि हो भने, धान रोप्नुहोस्, यदि तपाईंको योजना १० वर्षका लागि हो भने, रूख रोप्नुहोस् यदि तपाईंको योजना सय वर्षका लागि हो भने, बालबालिकालाई शिक्षित बनाउनुहोस् भन्ने भनाइ यस सन्दर्भमा मननीय रहेको छ ।”

उनले हाम्रो संविधानले सुनिश्चित गरेका बालअधिकारलाई व्यवहारमा उतार्दै ‘बालबालिकामा लगानी’ मार्फत समृद्ध नेपालको सुनिश्चित भविष्य निर्माण गर्ने हाम्रो अभियानलाई सबल र प्रभावकारी बनाओस् भन्ने शुभकामना व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु