काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । पूर्वशिक्षामन्त्री समेत रहेकी श्रेष्ठले पार्टी परित्यागको घोषणा गर्दै पार्टी नेतृत्वको कार्यशैलीप्रति गम्भीर असहमति जनाएकी हुन् ।
उनले भनिन्, ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै मैले आलोचना गर्दै आएकी हुँ।ू उनले पार्टी नेतृत्वले कहिल्यै पनि आफ्ना गल्तीहरू स्वीकार नगरेको र आलोचना गर्नेहरूलाई मिडिया ट्रायल गराएको आरोपसमेत लगाएकी छन् । अब खुल्ला रुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’
पार्टीले गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ सबैले बोक्नुपरेको भन्दै आक्रोश व्यक्त गरेकी छन् ।
सुमना यसअघि रास्वपाको सहमहामन्त्रीबाट राजीनामा दिएकी थिइन् । तर सांसद भएकोले पार्टीको काम गर्न समय नहुने भन्दै राजीनामा दिएकी थिइन् । समानुपातिकबाट सांसद बनेकी उनी प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षामन्त्री भएकी थिइन् ।
सुशीला कार्की नेतृत्वको क्याबिनेटमा उनी मन्त्री बन्ने हल्ला पार्टीभित्रैबाट चलेपछि उनले आफू त्यस दौडमा नरहेको स्पष्ट पारेकी थिइन् । जेनजी विद्रोहीसँग निरन्तर सम्पर्कमा रहेकी सुमना प्रधानमन्त्री कार्कीको शपथग्रहणमा सामेल पनि भएकी थिइन् ।



